नयाँ आशासहित नयाँ यात्राको सुरुवात, शुभेच्छुकहरुमा आभार !
शिक्षक सेवा आयोगमार्फत म प्राथमिक तहको अध्यापनमा आवद्ध भएको छु । यसबीच मलाई विभिन्न माध्यमबाट बधाई दिने र शुभकामना व्यक्त गर्नुहुने साथीभाई, अग्रज र अनुज सबै शुभेच्छुकहरुमा धेरै धेरै धन्यवाद।
![]() |
शिक्षणतर्फको यात्रामा प्रवेश गरेपछि खुसीको क्षण । |
सानै छदाँदेखि मेरो पहिलो लक्ष्य असल शिक्षक बन्ने थियो । म गुरुहरुबाट प्रभावित थिए । शिक्षक बन्ने पहिलो लक्ष्य आज पूरा भइरहँदा म गौरवान्वित र हर्षित छु । मैले अध्ययन सँगसँगै सञ्चार कर्ममा पनि आवद्ध भइरहँदा समय र परिस्थितिले अब एउटै क्षेत्र मात्र अँगाल्नुपर्ने अवस्था आएको छ ।
यसबीच, मलाई काठमाडौँ टेकाउने र पत्रकारिता सिकाउने, सकारात्मक उर्जा भर्ने आदरणीय हेमराज दाईको अमूल्य सहयोग म जीवनभर बिर्सिन सक्दिन । शिक्षण सेवामा लाग्न प्रेरणा दिने मेरा मार्गदर्शक माइला बुवाप्रति नतमस्तक छु। मेरा साक्षात देवता, जसले मलाई इमान्दार, मिहेनती र सँधै अर्काको भलो चाहाने मार्ग देखाउनुभयो, मेरा माता पिताप्रति नमन । मलाई शिशुदेखि विश्वविद्यालय शिक्षासम्म ज्ञानको ज्योति दिने गुरुहरुमा कृतज्ञता । इष्टकुलदेव ग्वाल्लेक केदार नागार्जुन, तेत्तीसकोटी देवताको कृपाले म यहाँसम्म आइपुगेको छु ।
जे होस्, आजदेखि मैले आफूलाई थप जिम्मेवार ठानेको छु । सञ्चार क्षेत्रमा रहँदा शुभेच्छा व्यक्त गर्नुहुने साथीभाई, अग्रज एवं अनुज सबैमा धन्यवाद । शुभेच्छुकहरुबाट मैले आगामी दिनहरुमा सुझाव, सल्लाह र हौसलाको पनि अपेक्षा गरेको छु । आज भन्दा भोलि राम्रो होस् । सबैको जय होस् ।
(शिक्षणमै प्रवेश गरेका अर्का पत्रकार आदरणीय किशोर गौतम सरसँग)

